उपत्यकामा बर्षकै सबैभन्दा गर्मी,अझै बढ्न सक्ने

1529

काठमाडौं– आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते (मे २३ तारिखमा) ३१ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । जलवायु परिवर्तनको असरका कारण जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने गर्छ । जसका कारण अझै बढ्न पनि सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।