रोशी र नमोबुद्ध नगरपालिकामा राहत वितरण

13
० हरिसुन्दर छुकां
काभ्रे । रोशी गाँउपालिका एवं नमोबुद्ध नगरपालिकाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ ।
गत असाेज १० देखि १२ गतेसम्म परेकाे अविरल वर्षाका कारण आएकाे बाढी र पहिरोले घरखेत गुमाएका काभ्रेको राेशी गाउँपालिका वडा नं ७ र नमाेवुद्द नगरपालिका वडा नं ५ कटुञ्जेबेसी, लास्काेट क्षेत्रका विपद् पीडितलाई विभिन्न सङ्घसंस्थाकाे पहलमा राहत वितरण गरिएको हाे ।
साे पालिकाका दुई वडाका  १३५ जना विपद् पीडितलाई राहत वितरण गरिएको रोशीगाँउ पालिकाका स्थानीय प्रेमध्वज लामाले जानकारी दिए । दशैंकाे मुखमा आएकाे बाढी र पहिरोले अपुरणीय क्षति पुगेका पीडितहरूलाई सहयोग गर्न राहत वितरण गरिएको हाे । विभिन्न सङ्घसंस्थाकाे पहलमा राहत प्राप्त गरेपछि दैनिकी सहज भएकाे स्थानीय पीडितले बताए ।
`भएको घर भत्कियाे, पाँच राेपनीमा लगाएको धानबाली सबै बाढीले लग्याे, गाईवस्तु तितरबितर भए, पुरिए। खानलाउन समेत गाह्राे भयाे´, स्थानीय पीडित डाेन्डुप लामाले भने, `स्थानीयकाे दु: ख बुझेर चामल, नुनतेल, दाल, लत्ताकपडा दिएपछि राहत मिलेको छ ।´ उनले कापीकलमका साथै केही ओखती समेत पाएपछि थप राहत मिलेको बताए ।
राहतका लागि छाेरानातिसहित आएका डाँडागाउँका इन्द्र लामाले राहतले दशैं मनाउन सहज भएकाे बताए । उनले भने, `मुखैमा आएको दशैं के गरि, कसाे गरि मनाउँ भन्ने भएको थियाे, विभिन्न व्यक्ति र संस्थाको पहलले दशैं मनाउन सहज भएको छ । लालाबालालाई समेत राहत भएकाे छ ।´
विपद् पीडित लामाद्वयले भनेजस्तै राहतले धेरै राहत पुगेकाे छ । लागेकाे घाउमा मल्हमकाे काम भएकाे छ । राेशीमा पानीकाे सतह बढेसँगै बहुलाएकाे पानीले धेरै किसानकाे मिहिनेत बगाएकाे छ । घरकाे नामाेनिशान केही नहुने गरि विलुप्त बनाएकाे छ । राेशी खाेलाका विभिन्न ठाउँमा वैध र अवैध तरिकाले सञ्चालन गरिएका क्रसरकाे बदमासी र स्थानीय सरकारले विकासका नाममा डाँडा- पहाडमा गरेकाे डाेजरे विकासकाे मार र प्राकृतिक रूपमा परेकाे अत्यधिक वर्षाले सयाैं परिवार विस्थापित भइरहेकाे समयमा मनकारी सङ्घसंस्थाकाे पहलमा भएकाे राहतले दैनिकी गुजारा गर्न सहयोग पुगेकाे पीडितहरूकाे भनाइ छ ।
साे ठाउँमा राहत वितरणको लागि लायन्स क्लब अफ काठमाडौ स्प्रिचुयल,ग्लोबल मल्टीकल्चरल अर्गानाईजेशन नेपाल, जीवन विज्ञानका विभिन्न प्रयोगशालाहरु,सप्तसुर ईष्टर्न कल्चर सेन्टर टोरोन्टो क्यानाडा,योगामाण्डु,प्रगति युवा समाज ताथली,निराकार सरसफाई सेवा प्रालि,सहयात्री वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौ,नमुना नगरवस्ती सेवा समाज,कर्मक्वेष्ट ईन्टरनेशनल प्रालि,गोठाटार हेल्थपोष्ट,रोजन फर्मासुटिकल कोटेश्वर,भगवती टोल आमा सुधार केन्द्र,भगवती मार्ग आमा समुह,सिद्धेश्वर टोल विकास समिति,अमेरिका निवासी प्रल्हाद दलानका पिता राम बहादुर दर्नाल,यातायात व्यावसायी उमेश प्रधान,राष्टसेवक कर्मचारी एवं समाजसेवी केदार कार्की लगायतका संघसंस्था तथा मनकारी व्यक्तिहरुले खुल्ला ह्रदयले सहयोग गरेका थिए ।
राहतमा चामल, लत्ताकपडा, नुनतेल, साबुन, कापीकलम, औषधी उपचारका अत्यावश्यक सामाग्री रहेका थियाे । पूर्व उर्जाराज्य मन्त्री सुर्यमान दोङ्ग, संघीय सांसद रत्न ढकाल, नमोबुद्ध नगरपालिका उपप्रमुख रत्न लामा, रोशीगाँउ पालिका वडा नं.७ का वडा अध्यक्ष अशोक कुमार गौतम, भ्रष्टाचार विरोधी अभियन्ता प्रेमध्वज लामा, नमोबुद्ध नगरपालिकाका अध्यक्ष मिन्दु लामा लगायतले राहत सामाग्री वितरण गरेका थिए ।
राहत वितरक  विभिन्न संस्थाहरूमध्ये लायन्स क्लब अफ काठमाडौ स्प्रिचुयलका सचिव नबराज काफ्लेले पत्रकार हरिसुन्दर छुकांको विशेष समन्वयकाबीच जीवन विज्ञानका कल्याणमित्र लक्ष्मीप्रसाद बुढाथोकीको संयोजनमा राहत संकलन गरिएको जानकारी दिए । त्यसरी संकलित राहत स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनकाे राेहबरमा वितरण गरिएकाे थियाे।
राहतको लागि लायन्स क्लब अफ काठमाडौ स्प्रिचुयल,ग्लोबल मल्टीकल्चरल अर्गानाईजेशन नेपाल, जीवन विज्ञानका विभिन्न प्रयोगशालाहरु,सप्तसुर ईष्टर्न कल्चर सेन्टर टोरोन्टो क्यानाडा,योगामाण्डु,प्रगति युवा समाज ताथली,निराकार सरसफाई सेवा प्रालि,सहयात्री वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौ,नमुना नगरवस्ती सेवा समाज,कर्मक्वेष्ट ईन्टरनेशनल प्रालि,गोठाटार हेल्थपोष्ट,रोजन फर्मासुटिकल कोटेश्वर,भगवती टोल आमा सुधार केन्द्र,भगवती मार्ग आमा समुह,सिद्धेश्वर टोल विकास समिति,अमेरिका निवासी प्रल्हाद दलानका पिता राम बहादुर दर्नाल,यातायात व्यवसायी उमेश प्रधान,राष्टसेवक कर्मचारी एवं समाजसेवी केदार कार्की लगायतका संघसंस्था तथा मनकारी व्यक्तिहरुले सहयोग गरेका थिए ।