भक्तपुर । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुँदा भक्तपुरमा ने ६२४ जनामा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार भक्तपुरमा हाल सम्म ६२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
ईडिसिडीको तथ्याङ्कअनुसार हुम्ला बाहेक ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
यस्तै काठमाडौंमा तीन हजार ५९४, ललितपुरमा ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
डेंगु सङ्क्रमणका कारण फ्रिस व्लडको अभाव पनि देखिन थालेको रेडक्रस भक्तपुरका मन्त्री धर्मराज थापाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार डेंगु सङ्क्रमणमा भने २४ घण्टा सम्मको फ्रेस व्लड चाहिने भएका कारण व्लड बैंकमा रगत भएपनि अभाव जस्तो हुने गरेको उहाँले बताउनुभयो ।
थापाले रगत अभावलाई मध्यनजगर गरि तत्काल रक्तदान गर्नेहरुले तयार भएर बस्नुहुन तथा रक्तदान गर्न आग्रह समेत गर्नुभएको छ ।
डेंगु सङ्क्रमणलाई अझ फैलिन नदिन तथा संक्रमितलाई पनि समयमा उपचारको लागि आवश्यक पर्ने रगतका लागि रक्तदान आवश्यक भएको उहाँले बताउनुभयो ।