कलाकार सिंख्वालको पौभा प्रदर्शनी मंसिर १० सम्म

45

काठमाडौँ । कलाकार सुन्दर सिंख्वालले पौभा कलामा ३८ वर्ष बिताएपछि पहिलो पटक एकल कला प्रदर्शनीमा उत्रनुभएको छ । बौद्ध दर्शन, विश्वासमा आधारित परम्परागत चित्रकला पौभामा सिंख्वालको साधनालाई बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा हेर्न सकिने छ ।

कलाकार सिंख्वालको पौभा प्रदर्शनीको शीर्षक नै ‘साधना’ राखिएको छ । सिंख्वालको ३८ वर्षे साधनाका सिकाइ, अनुभव, योग्यता समेटिएका ३० वटा पौभा प्रदर्शनीमा राखिएका छन् । त्यसमध्ये दुईरतीन सिर्जना समसामयिक छन् ।

कलाकार सिंख्वालका अनुसार प्रदर्शनीमा राखिएका पौभा कला छरसात वर्षका बिचमा बनाइएका हुन् । प्रदर्शनीमा हिन्दु र बौद्ध दर्शनमा आधारित पौभा चित्रहरू समावेश गरिएका छन् ।

हिन्दु दर्शनका गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर आदि तथा बौद्ध दर्शनका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, वसुन्धरा, वज्रधर, जम्भला (कुबेर), चक्रसंवर शक्ति संवर शक्ति, २१ तारा आदि रहेका छन् । पौभा चित्रहरू सानोमा २३–१८ सेमीदेखि १००–७४ सेमीसम्मका छन् । बिहीबारदेखि सुरु भएको प्रदर्शनी मङ्सिर १० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।