नेपाल साहित्य मन्दिर भक्तपुरको स्मृति पुरस्कार ६ सय पुरानो भजन मण्डललाई

922

भक्तपुर । नेपाल साहित्य मन्दिर भक्तपुर नेपालकै पुरानो भजन मण्डललाई दिवंगत शास्त्रीय संगितज्ञ सुमनकुमार राजभण्डारी (परदेशी) स्मृति सिरपा प्रदान गरेको छ । छ सय वर्ष अधि देखि निरन्तर रुपमा संचालनमा रहेको श्रीवंश गोपाल रास भजन मण्डल भक्तपुरलाई यस वर्षको सिरपा प्रदान गरिएको नेपाल सहित्य मन्दिरका अध्यक्ष तिलक प्रकास कायस्थले बताउनुभयो । उहाँका अनुसार यक्ष मल्लकी श्रीमती गंगा रानीको पाला देखि सुरु भएको मण्डललाई यस वर्षको स्मृति पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो ।
नेपाल भाषालाई उत्थान तथा संरक्षण गर्ने ब्यक्ति संघ संस्थालाई यस संस्थाले तीन वर्ष देखि निरन्तर रुपमा स्मृति पुरस्कार वाट सम्मान गर्दै आएको छ ।
कार्यक्रममा नेपाल भाषा शिरोमणी रमापतिराज शर्माले नेपाल भाषाको उत्थानका लागि सवै नेपाल भाषी एक हुनु पर्ने वताउनुभयो । उहाँका अनुसार आफ्नो भाषा वचाउनु सव भाषीको आफ्नो अधिकार एवं दाहित्व भएका कारण यसको संरक्षण गर्नु आफ्नो दाहित्व भएको उहाँले वताउनुभयो ।
कार्यक्रममा हाल मण्डलका अध्यक्षलाई सम्मान गर्दै मण्डललाई पूर्णशोभा राजभण्डारी रिजालले पाँच हजार नगद सहित स म्मान गर्नुभएको थियो ।