इतिहास र नयाँ पुस्ताले सम्झने प्रवेशद्वार शिलान्यास

134

भक्तपुर । स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग प्रवेशद्वार शिलान्यास गरिएको छ । राजनीति र समाजसेवामा विशिष्ट परिचय बनाएका स्व. शाहकाे स्मृतिमा नामकरण भएकाे सडकमा प्रवेशद्वार शिलान्यास गरिएको हाे । शनिबार पूर्वाधार विकास समितिका सभापति तथा पूर्वमन्त्री दिपक बहादुर सिंहले मुहानपाेखरी- चरेली- खावा सडक अन्तरगत मुहानपाेखरीमा साे द्वारकाे शिलान्यास गरिएकाे थियाे ।

साे क्रममा उनले स्व. शाहको याेगदानकाे स्मरण गर्दै उनकाे याेगदानलाई नयाँ पुस्तामाझ लग्न अनुरोध गरे । उनले शासक दलहरूको कारण देश नै रहने वा नरहने भन्ने प्रश्न उठेकाे बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले स्व. शाहकाे व्यक्तित्वकाे प्रशंसा गर्दै उनकाे याेगदानकाे कदरस्वरूप सडक पूर्वाधारमा लगानी गरिएकाे बताए । साे कार्यक्रममा राप्रपा सहमहामन्त्री रवीन्द्रप्रताप शाह, चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामा, चाँगुनारायण नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठलगायतले स्व. शाहकाे याेगदानकाे स्मरण गर्दै प्रवेशद्वारले स्व. शाहको इतिहासका साथै नयाँ पुस्ताले स्मरण हुने जनाए ।