नेपाली  कांग्रेस भक्तपुरको १०० दिने विशेष अभियान समापन

118

भक्तपुर । नेपाली  कांग्रेस भक्तपुरको १०० दिने विशेष अभियान समापन भएको छ । ४९ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर मंगलबार उक्त अभियानको समापन गरिएको हो ।

जन निर्वाचित सरकारलाई ०१७ सालमा राजा महेन्द्रले अपध्वस्त गरि पञ्चायती व्यवस्था लादेको बिरोधमा भारतमा बसेर आन्दोलन गर्दै आएका कांग्रेस नेताले मेलमिलापको नीति अवलम्बन गरि २०३३ साल पुस १६ गते स्वदेशमै प्रजातान्त्रिक आन्दोलन गर्ने गरि बी.पी. कोइराला नेपाल फर्केका थिए । त्यसै बर्षदेखि नेपाली कांग्रेसले पुस १६ गतेलाई मेलमलाप दिवसका रूपमा मनाउँदै आएको छ ।

 

कार्यक्रमलाई सम्बोधनगर्दै  नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदन कृष्ण श्रेष्ठले कांग्रेसले राणाकालमा प्रजातान्त्रका लागि धेरै लडाइँ लडेको बताए । पहिलो आम निर्वाचनमा दुई तीहाई बहुमत ल्याएको कांग्रेस सरकारलाई राजा महेन्द्रले अपध्वस्त गरि एक दलीय पञ्चायती व्यवस्था लादेपछि भारतमा निर्वासित कांग्रेस नेताले विदेशमा गरेको आन्दोलनले सफलता नपाउँने महसुस गरेर मेलमिलापको नीति अघि सारिएको श्रेष्ठको भनाइ थियो ।

 

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ कुमार थापाले पार्टीभित्रको मेलमिलाप होइन, मुलुकको राष्ट्रिय हितका लागि यो अभियान शुरू भएको दावी गरे । सबैलाई समेटेर बलियो कांग्रेस बनाउन आफू लागि पर्ने र पार्टीभित्र लोकतान्त्रिक अभ्यास गरेपनि बाहिर सबै एक हुनुपर्ने बताए। केन्द्रीय सदस्यकै, पुर्व पार्टी सभापतिकै क्रीयाशिल सदस्या नविकरण नभएको अवस्थामा अधिवेशनमा नेतृत्व लिन तंछाड मछाड नगर्न थापाले आग्रह गरे । वडाअध्यक्षको फोन नउठ्ने ठुलो गुनासो आएको भन्दै थापाले जनताको काममा ध्यान दिन आग्रह गरे । पार्टीको सय दिने अभियानका क्रममा सहभागी नहुने न्ताहरूलाई निर्वाचनमा भोट नदिनसमेत सभापति थापाले कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै कांग्रेसका पुर्व जिल्ला सभापति महेश श्रेष्ठले रास्ट्र नै नरहे दलको कुनै औचित्य नहुने महसुस गरि बी।पी। स्वदेश फर्केको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरकि उपसभापति उर्मिला वन र तरूण दलका पुर्व केन्द्रिय अध्यक्ष बिनोद कायस्थले पनि मन्तव्य व्यक्त गरेका थिए । आफ्नै निर्मानाधिन भवनमा आयोजित कार्यक्रममा ठुलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।