भक्तपुर । भक्तपुर अस्पताल नजिक दुधपाटी चोकमा एन्टोक स्कुटीमा आगलागी हुँदा तीन मिनेटमा नै जलेर खरानी भएको छ ।
भक्तपुर नगरपालिका वडा नं.१ सिद्धपोखरी स्थित दुधपाटीमा शुक्रबार दिउँसो टिभिएसको एन्टोक स्कुटरमा आगलागी भएको हो ।
राजेश तामाङको नाममा रहेको बा०२ (०४२ प २५६३ नम्बरको रातो कलरको स्कुटर एलिस कोजुले चलाइरहेको बेला ब्रेक हान्ने क्रममा पल्टिएरको थियो । स्कुटी पल्टने वित्तिकै आगलागी हुँदा सो स्कुटर जलेर पूर्ण रुपमा क्षति भएको छ भने चालक सामान्य घाइते भएका छन् । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले उक्त आगलागी नियन्त्रणमा लिएको थियो ।
बारुण यन्त्रको अफिसबाट १ सय मिटको दुरुमा भएको स्कुटी आगलागी निभाउन दमकल ३ मिनेटमा नै पग्दा पनि स्कुटी भने जलेर खरानी भएको थियो ।