होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि झुन्डिएकाे अवस्थामा

20

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन ।  सुस्मिताको मृत्यु पछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा पनि  झुन्डिएको अवस्थामा मृत फेला परेका हुन ।

काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्। उनी मृत फेला परे पछि सँगै बसेका देबबहादुरको खोजी प्रहरीले गरिरहेको थियो ।

तर, थापा भने शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।