भक्तपुर । भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घको आयोजनामा जिल्ला व्यापी कराते प्रतियोगितामा तीन सय पच्चिस खेलाडी भिड्ने भएका छन् ।
कराते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा पुस २२ गते भोली हुने जिल्ला व्यापी कराते प्रतियोगितामा ३२५ खेलाडी भिड्न लागेको हुन ।
प्रतियोगितामा जिल्लाका विभिन्न २५ डोजो तथा खेलाडीहरू सहभागी भएका भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका अध्यक्ष राजन चित्रकारले जानकारी दिनुभयो ।
उहाँका अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित तपाडम्फो स्थित नगरपालिकाको बहुउद्देश्यीय भवनमा हुने प्रतियोगितामा पुरूष २०० जना र महिला तर्फ १२५ जना खेलाडी सहभागी हुने छन् ।
तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा २० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश हुने उहाँले जानकारी दिनुभयो ।
खेल डब्लु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइने संघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिनुभयो ।
विहान ८ बजे देखि हुने खेलको उद्घाटन प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गर्नु हुने तथा समापन बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले गर्नुहुने त्वातीले जानकारी दिनुभयो ।