भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा अन्तर्गत लैंङ्गिक तथा समावेशी समितिको आयोजनामा संचालित २ दिने जिल्ला स्तरीय महिला गोष्ठी सम्पन्न भएको छ ।
जेठ २७ र २८ सम्म होटेल हिलसाइड नगरकोटमा संचालित गोष्ठीको समापन नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य, विपद् ब्यवस्थापन समितिका सभापति एवं भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
४५ महिला र ८ पुरुष गरी ५३ जनाको सहभागिता रहेको गोष्ठीको समापन सत्रको सभापतित्व लैंगिक तथा समावेशी समितिकी संयोजक सुभद्रा काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा अतिथीका रुपमा जिल्ला शाखाका जिल्ला शाखाका उपसभापति कष्ण गोपाल लागेजू, मन्त्री परशुराम पाण्डे, कोषाध्यक्ष प्रदिप कुमार के.सी, उपमन्त्री शिवहरी के.सी, जिल्ला सदस्यहरु जनकप्रसाद न्यौपाने, सुर्य बहादुर खाइतु, तुइलाल श्रेष्ठ, धर्मराज कार्की , लव कुमार कार्की, नगरकोट उपशाखाका सभापति सोम शर्मा बजगाई हुनुहन्थ्यो ।
समापन कार्यक्रममा सहभागिहरुलाई हाइजिन किटको वितरण गर्दै प्रमुख अतिथि थापाले भक्तपुर जिल्ला शाखाको हरेक गतिविधिहरुको संचालन उपशाखा मार्फतसंचालन गर्ने सोच भएको बताउदै महिला सहभागिता बिना रेडक्रस अभियान अगाडी बढ्न नसक्ने बताउनुभयो । उहाँले महिलाहरुको लागि उपशाखाद्वारा संचालन गरिने शिपमूलक तथा आयमूलक प्रशिक्षणहरुको लागि शाखाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नु हुदै शाखाका मन्त्री परशुराम पाण्डेले जिल्ला शाखामा आवद्ध कुल सदस्य मध्ये करीब ३५ प्रतिशत सदस्य महिलाहरु रहेकोले महिला सदस्यता वृद्धि तर्फ जिल्ला शाखाले जोड दिदै आएको बताउनुभयो । उहाँले महिला सदस्यहरुको लागि प्राथमिक उपचारको तालिम, नेतृत्व विकासको तालिम, आयआर्जनमूलक तालिम संचालन गर्न सकेमा महिलाहरु अझ रेडक्रस प्रति आकर्षित हुनसक्ने बताउनुभयो ।
रेडक्रस अभियान, नेपाल रेडक्रस सोसाइटी र भक्तपुर रेडक्रसका गतिविधिहरु, लैंङ्गिक तथा समावेशी, महिला हिंसा विरुद्धका कानुनी ब्यवस्थाहरु, नेतृवला शिप, बैठक प्रणाली प्रशिक्षण, विपद् जोखिम न्यूनीकरण, उपशाखाले गरेका महिला कार्यक्रम÷गतिविधिहरुको बारेमा जानकारी गराउने उद्धेश्यका साथ आयोजित गोष्ठीमा जिल्ला शाखा भक्तपुर अन्तर्गत २० वटा उपशाखाका महिला समिति संयोजक तथा महिला सदस्यहरु लगाएत जिल्ला कार्यसमिति परिवार र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
गोष्ठीमा जिल्ला शाखाका सभापति एवं केन्द्रीय सदस्य मनोजकुमार थापा, मन्त्री परशुराम पाण्डे, सदस्य कृष्णेश्वरी हाडा, महिला तथा बालबालिका कार्यालयकी प्रमुख निला कुमारी घिमिर,े केन्द्रिय लैंगिक तथा समावेशी विभागका संयोजक पुजा कोइराला, उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश थापा लगायतले सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रमको संचालन कार्यालय प्रमुख रञ्जना कार्कीले गर्नुभएको थियो ।