भक्तपुर । नक्कली शैक्षिक प्रमाणपत्र सहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका विकास श्रेष्ठ रहेका छन् ।
काभ्रेपलान्चोक धुलीखेल न.पा. वडा नं. ५ श्रीखण्डपुर बस्ने बर्ष ४८ को विकास श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरुसहित पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
उनको शैक्षिक योग्यताको प्रमाणपत्रहरुको थप अनुसन्धान गर्दा रजिष्ट्रेशन नं. 36061-93 भएको Bachelor’s Degree in Business Studies र Master’s Degree in Business Studies को ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा मेल नखाएको भनि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, परीक्षा प्रशासन महाशाखाको पत्रबाट जानकारी भए पश्चात श्रेष्ठलाई प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
उनलाई काभ्रेपलान्चोक धुलीखेल न.पा. वडा नं. ५ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको छ ।
उनको साथबाटN.C.C बाट जारी भएको स्नातकोत्तर तहको CHARACTER CERTIFICATE थान-१, T.U बाट जारी भएको स्नातकोत्तर तहको PROVISIONAL CERTIFICATE थान-१, त्रिभुवन विश्वविद्यालयबाट जारी भएको व्यवसाय अध्ययन शास्त्रीको प्रमाणपत्र थान-१, नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरबाट जारी भएको अस्थायी अध्यापन अनुमतिपत्र थान-१,T.U बाट जारी भएको व्यवस्थापन संकायको स्नातक तहको ACADEMIC TRANSCRIPT थान-१, T.U बाट जारी भएको BBS को PROVISIONAL CERTIFICATE थान-१ र Realme कम्पनिको मोबाइल थान-१ साथै अन्य कागजातहरु बरामद गरेको प्रहरीले जनाएको छ ।