बारा । पञ्चवर्षीय गढीमाई मेलामा सरसफाई आयोजना गरिएको छ । बाराको महागढीमाई नगरपालिकालाई वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला पश्चात सरसफाई गरिएको हो ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सरसफाई गरिएको हो । मन्दिर क्षेत्र भित्र थुपारेर राखिएको फोहरहरुलाई जनप्रतिनिधिको सहभागितामा सरसफाई गरिएको हो ।