सन् २०१७ मा नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो हुने प्रक्षेपण, नेपालभन्दा भारत १ स्थानले पछि

377

काठमनाडौं । वल्र्ड इकोनोमी फोरमले सन् २०१७ मा नेपाल (७. ५ प्रतिशत) को आर्थिक वृद्धिदर विश्वमै तेस्रो हुने प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण विश्व बैङ्कको तथ्याङ्कमा आधारित रहेर गरिएको हो ।नेपालले भूकम्पपछि गरेको पुनर्निर्माण, राम्रो मनशुन र भारतसँगको व्यापारमा भएको सुधारले नेपालको अर्थतन्त्र उकासिएको बताएको छ ।

फोरमले तयार गरेको तीव्र आर्थिक वृद्धि गर्ने देशको सूचीमा नेपालभन्दा अगाडि इथियोपिया र उज्बेकिस्तान रहेका छन् भने भारतले चौथौं स्थानमा आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । इथियोपियाले ८.३ प्रतिशत र उज्बेकिस्तानले ७.६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । यसका साथै, भारतले भने ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ ।

फोरमको सूचीमा परेका १० ओटा देशहरूमध्ये इण्डियालाई पछ्याउँदै ताञ्जेनियाले ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । साथै, जीबुटी र लावसले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ  भने कम्बोडिया, म्यानमार र फिलिपिन्सले ६.९ प्रतिशत वृद्धि गर्ने प्रक्षेपण गरिएको छ ।