मध्यपुर थिमी, नगदेश— श्री सिद्धि गणेश द्योः छे विकास समितिले बिरेन्द्र भक्त प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा उपेन्द्र प्रधानाङ्ग, सचिवमा विजय प्रधानाङ्ग, कोषाध्यक्षमा राजुभक्त प्रधानाङ्ग चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा उदय प्रधानाङ्ग, मनिष भक्त प्रधानाङ्ग, र नविन प्रधानाङ्ग रहेका छन्।
पदेन सदस्यका रूपमा मध्यपुर थिमी वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, प्रधानाङ्ग गुठीका राजन भक्त प्रधानाङ्ग, र सिद्धि गणेश गुठीका राजकृष्ण वाडे चयन भएका छन्।
शनिबार नगदेशमा सम्पन्न अधिवेशनमा पुरातत्व विभागका महानिर्देशक (डिजी) सौभाग्य प्रधानाङ्ग प्रमुख अतिथि रहनु भएको थियो भने विशेष अतिथिका रूपमा वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति उपस्थित थिए।
नयाँ कार्यसमितिले सिद्धि गणेश द्योः छे संरक्षण, सम्वर्द्धन तथा विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।