श्रीमान्—श्रीमती उम्मेदवार

444

धनकुटाको पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकामा श्रीमान श्रीमति उम्मेदुवार भएका छन्। पाख्रीबास नगरपालिकामा माओबादी केन्द्रको तर्फबाट करुणा राई (श्रीमती)उपमेयर र करवीर राई (श्रीमान) वडा नं. ७ को वडाध्यक्षको उम्मेदवार बनेका छन्।

साँगुरीगढी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा कुमारजंग याखा(श्रीमान) र वडा नं. ४ को वडा सदस्यमा पशुपति याखा (श्रीमती) उम्मेदुवार बनेका छन्। पहिले वडाको उम्मेदुवार टुंगो लागेपछि अध्यक्ष पदमा सिफारीस भएका कुमारजंगलाई नै पार्टीले टिकट दिएपछि दुवै जना उम्मेदुवार बनेको एमालेका नेताहरुले बताए।

चौविसे गाउँपालिकाको वडा नं. २ मा एकै परिवारका ३ जना वडाध्यक्षका उम्मेदुवार बनेका छन्। उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदुवार बनेका भीम तुम्सा र माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षको उम्मेदुवार बनेका मोविन्द्र तुम्सा दाजुभाई हुन्।

एमालेको तर्फबाट उम्मेदवा बनेका आसबहादुर तुम्सा भतिज हुन्। फरक विचारमा लागियो। पार्टीले उम्मेदवार बनाएपछि परिवार भित्रैबाट चुनावमा प्रतिपस्र्धा गर्नु परेको माओबादी केन्द्रका उम्मेदुवार मोविन्द्रले बताए।  चुनावमा प्रतिस्पर्धा भएपनि पारिवारिक विखण्डन नहुने उनले बताए।