आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

32

काठमाडौं : अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो।

सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान अन्तर्गतका बंगलादेशी विद्यार्थीहरुले आफ्नो मातृभाषा बोल्न पाउनुपर्ने माग गर्दा दमन भएको र त्यतिबेला ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा यो दिवस मनाइन्छ।

नेपालमा पनि एक १२३ मातृभाषा बोलिन्छ। तीमध्ये धेरैजसो भाषाहरु लोपोन्मुख अवस्थामा रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

नेपाली भाषा सरकारी कामकाज र पठन पाठनको भाषा भएकोले बलियो भए पनि तुलनात्मक रूपमा अरु भाषा भने लोप हुने अवस्थामा पुगेको विज्ञहरूले बताउने गरेका छन्। मातृभाषाको संरक्षणका लागि काम भइरहेपनि प्रभावकारी हुन सकेको छैन।