भक्तपुर – आसन्न नेपाल बार एशोसिएसनको चुनावका लागि डीएलए भक्तपुरका तर्फबाट उपाध्यक्ष (बागमती प्रदेश) पदमा रविन्द्र प्रधान र केन्द्रीय सदस्य (खुला) पदमा किरण न्यौपानेले उम्मेदवारी दिने निर्णय भक्तपुर डीएलएले निर्णय गरेको छ ।
उनीहरू डीएलए केन्द्रीय कार्यालयमा उपस्थित भई आफ्नो उम्मेदवारीको इच्छा जाहिर गरेका हुन्। कानुनी पेशामा सक्रियता जनाउँदै आएका यी उम्मेदवारहरूले बार एशोसिएसनलाई अझ सशक्त बनाउनका लागि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल बार एशोसिएसनको आगामी नेतृत्व चयन प्रक्रियामा उम्मेदवारहरूलाई सफलताको शुभकामना!