भक्तपुर । हनुमन्ते विवाद फेरि बल्झेको छ । मध्यपुर थिमी वडा नं ३ र सुर्यविनायक नगरपालिका वडा नं ३ सिमानामा रहेको हुनुमन्ते खोला धार परिर्वतन गर्दा विवाद वल्झेको हो । छ वर्ष अगाडी देखि पुरानै वहावमा फर्काउन कोसिर गरिएको हनुमन्ते यस पटक भने पुरानै वहावमा स्थानियले फर्काएका छन् । २०२१ सालको नापी अनुसार हुनुमन्ते खोला भएको स्थान भन्दा अनेत्रवाट वग्दा जग्गा धनिहरुलाई समस्या भएको भन्दै साविक जग्गा धनिले हनुमन्ते खोला पहिलाको स्थानमा नै फर्काएका हुन ।
हनुमन्ते खोला २०२१ सालमा जहाँ थियो त्यो स्थानमा हाल हामी खेती गरि रहेको छौ जहाँ हाल खोला छ, उक्त जग्गा आफ्नो हो अव न हामी उक्त स्थानमा घर बनाउन सक्छौ न वेच विखन नै यो समस्याको समाधान जहाँ खोला थियो उक्त स्थानमा नै पुञ्याउनु समस्याको समाधान भएका कारण खोलाको धार परिवर्तन गरिएको हनुमन्तेखोला भूक्षय तथा नदी नियन्त्रण उपभाक्ता समितिकी संयोजक सोभा अधिकारीले वताउनुभयो । उहाँका अनुसार यदि खोला यतिकै रुपमा वग्न दिने हो भने हामी सुकुम्वासी हुन्छौ ।
अहिले हामी आफ्नो अचल सम्पती भएपनि घर न घाटका भएका छौ न उक्त जमिनमा हामी घर बनाएर वस्न पाएका छौ न कुनै काम गर्नलाई धितो वा वेचविखान नै गर्न पाएका छौ यसले ठुलो समस्या भएका कारण नै हनुमन्ते हामीले साविकको स्थानमा नै फर्कएका हौ अधिकारीले वताउनुभयो । उहाँका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत निरिक्षण गरि ब्लक फ्याक्ट्रीले अतिक्रमण गरि रहेको जमिनलाई खाली गराई साविककै स्थानवाट खोलालाई वग्न दिई पुलको समेत सुरक्षा गर्नु भनी ०६९÷ ६÷ २२ मा नै निर्देशन दिई सकेको वताउनुभयो । उहाँका अनुसार मध्यपुर थिमी नगरपालिकाले ब्लक कारखानालाई ७ दिन भित्र सार्वजनिक जग्गामा भएका घर टहरा लगाएतका खाली गर्न दिएको निर्देशनको विरुद्ध ब्लक कारखानाका मालिक पुनारावेदन अदालत गएपनि टिका वहादुर हमाल र प्रकासराम मिश्रले उक्त रिट नै खारेज गरि दिएका थिए । तर अहिले कारखाना र मध्यपुर नगरपालिका नै मिलेर पिडितका विरुद्ध नारावाजी सडक जाम गर्नु लाई रहस्यमय मानिएको उहाँको भनाई थियो ।
हामी जग्गा धनि पुर्जा भएका ८० भन्दा वढि परिवार जसको ५५ रोपनी जग्गा छ तर उक्त जग्गा न हामी वेचविखन नै गर्न सक्छौ न आवासमा नै प्रयोग गर्न सक्छौ यसले ठुलो समस्या भएको स्थानिय जग्गाधनी एव वडा अध्यक्ष शिव शरण खत्री वताउनुहुन्छ । उहाँका अनुसार हामी सामान्य जग्गाधनी खेती गरेर खाने भएका कारण खोलाले जमिन हान्दा फर्काउन सकेनौ त्यसले गर्दा हाल आफ्नो जमिन भोगचलन गर्न खोला फर्काउन बाध्य भयौ ।
खत्रीले वताउनुभयो । अलि जग्गाको चलखेल गर्ने खोला पारीका ब्यापारिले खोलामा २०५४ सालमा ग्याभिन वाल लगाए जसका कारण २०५५ साल जेष्ठ १७ गते आएको भयावह बाडिले खोलाको वहाव नै परिवर्तन गर्यो २०५६ असार १२ गते आएको बाडिले झन खोला भित्ता तिर धकेलिदियो जसका कारण हाम्रो जमिन खोला मुनी पर्न गयो । हालको स्थानमा हनुमन्ते आयो जुन हाम्रो जग्गामा पर्दछ अव हामी हाम्रो जमिन खोज्न काहाँ जाने त उहाँको गुनासो छ ।
हाम्रा पितापुर्खा देखि कमाई आएको जमिन हाल खोला मुनी छ अव छोड्न पनि हामी सकिन्न भोग चलनका लागि खोला फर्काउनुको विकल्प नै नभएको जग्गाधनी भाईराजा कार्की वताउनुहुन्छ । खोला हामीले फर्काएका हौ २०२१ सालमा त्यही स्थानमा खोला थियो ब्लक फ्याक्ट्रीका कारण खोलाले वहाव परिवर्तन गर्यो मेरो जग्गा बालकोट ९(१)को कित्ता नंम्वर २५,१९,१६ १७ नंवरका किक्त गरि ५ रोपनी १० आना जग्गा खोला मुनी पुग्यो अव खोला फर्काउनुको विकल्प नभएका कारण हामी ७० भन्दा वढि जग्गा धनी मिलेर नै खोला फर्काएको कार्की वताउनुहुन्छ ।
खोला पारी सार्वजनिक जग्गा छ जुन केहि सिमित ब्यापारीले आफुले भोगचलन गरि रहेका छन् तर आफ्नो जमिन उक्त सार्वजनिक जमिनलाई समेत संरक्षण गर्दै खोला फर्काउँदा कसैलाई कुनै असर नपर्ने कार्की वताउनुहुन्छ ।
यस्तै यो विवाद केवल एक दिनको मात्र नभएर यो विवाद ६ वर्ष देखि लगातार विवादीत नै रहेको छ ।
स्थानिय वालकोट वासिको पहलमा खोला फर्काउन कोसिस भएपछि मध्यपुर नगरपालिकाले २०६९÷५÷३ गते ब्लक उद्योगलाई उसले उपभोग गरि रहेको दक्षिण तर्फको ६ रोपनी ३ आना सार्वजनिक जग्गामा भएको घर टहरा एवं संरचना हटाउन ७ दिनको म्याद दिएको थियो जुन हाल ५ वर्ष विति सक्दा पनि कार्यान्वयन भने हुन सकेको छैन । जवकी उल्टै ब्लक उद्योगका मालिक नगरपालिकाको विरुद्धमा पुनरावेदन गर्न अदालत पुगे । अदालतले भने उल्टै ब्लक उद्योगको रिट नाजायज भन्दै २०६९ असोज ५ गते वसेको इजलासले खारेज गरि नगरपालिकाको आदेश कार्यान्वयन गर्न आदेश दियो तर हाल सम्म पनि उक्त आदेश लागु भएको छैन ।