हिन्दू स्वयंसेवक संघ नेपालको २१ दिने प्राथमिक शिक्षा वर्ग ‘वटीसी’ प्रथम वर्ष विराटनगरमा

1119

विराटनगर । हिन्दू स्वयंसेवक संघ नेपालको २१ दिने प्राथमिक शिक्षा वर्ग वटीसी प्रथम वर्ष विराटनगरमा धुखधामका साथ संचान भई रहेको छ । हिन्दू स्वयंसेवक संघ नेपालको २१ दिने संघ शिक्षा वर्ग प्रथम वर्षको आज १५ दिन पद सन्चलन विराटनगरमा उल्लासका साथ सम्पन्न भयको छ । विराटनगरको हाट खोला वाट सुरु भएको घोष सहित पुर्ण गणभेषका साथ वाणिज्य वैक चोक मुल वजार हस्पिटल रोड हुँदै हाट खोलामा नै गएर कार्यक्रम स मापन भएको थियो । पुर्ण परिक्रमामा १सय २ स्थानमा पुष्प वर्षाका साथ गणभेषको स्थानियले स्वागत गरको कार्यक्रमका संयोजक सियारम रोनियारले जानकारी दिनुभयो ।
विराटनगरमा आयोजित वर्गमा आएका शिक्षार्थीले २० दिनसम्म नियमित रुपमा शारीरिक, बौद्धिक कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, समाज र स्वदेश भक्तिको शिक्षा प्राप्त गर्ने हिन्दु स्वयम सेवक संघका कार्यकर्ता  धुर्वराज लुईटेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षार्थीले आफ्नो व्यक्तित्तव विकास गर्दै कसरी विकास यात्रालाई समाजसँग जोड्ने भन्ने विषयमा साधना एवं चिन्तन गर्न देशका विभिन्न ठाउँबाट शिक्षार्थीहरु विराटनगरमा उपस्थित भएका वताउनुभयो ।
२० दिनको नियमित कार्यक्रम बिहान ५ बजे जागरणसँग सुरु हुन्छ र रात्री १० बजे विश्रामका लागि दीप निर्वाण गरिने वर्ग कार्यवाहक महेन्द्र साहले जानकारी दिनुभयो ।
यस्तै सामूहिकता, समरसता, सहकार्य जस्ता गुणको अभ्यास खेल, भोजन, गीत, योगाभ्यास जस्ता प्रत्येक कार्यक्रमबाट हुने हुँदा यो आफैमा एउटा विशिष्ट प्रकारको वर्ग कार्यक्रम भएको उहाँको भनाई थियो ।
कार्यक्रमका वर्ग अधिकारी पुर्व एआईजी कल्याण कुमार तिमिल्सेना रहनु भएको छ । कार्यक्रम यहि आउदो असार ४ गते प्रमुख अतिथी श्री गौरव शमशेर राणा पुर्व प्रधान सेनापती नेपाली सेना दुवरा समापन हुने हुदै छ ।
जेष्ठ १५ गते देखि सुरु भएको उक्त कार्यक्रममा ४३ जिल्लाका १२५ जनाको सहभागिता रहेको छ ।