भक्तपुर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुर थिमी नगरपालिका को संयुक्त आयोजनामा मध्यपुर थिमी नगरपालिका वडा नम्बर ३ स्थित आस्था महिला विद्यालय मा विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा सडक सुरक्षाका विविध पक्षहरूबारे जानकारी दिँदै सहभागीहरूलाई सतर्कता अपनाउन प्रेरित गरिएको रेडक्रसका मन्त्री धर्मराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय समुदायका सदस्यहरू तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा सम्पूर्ण नारीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवस २०२५ (२०८१) को हार्दिक मङ्गलमय शुभकामना!