भक्तपुर । भक्तपुरको भक्तपुर- १ सिर्जनानगरस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ ।
अन्दाजी ३०/३५ वर्षको देखिने पुरुष शव शनिवार अपराह्न पौने ४ बजेको समयमा फेला परेको हो ।
शव नग्न अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ ।
मृतकको नामथर वतन नखुलेको र पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीले बताएका छन् ।
उक्त स्थानमा प्रहरी वृत्त जगातीबाट डिएसपी रमेश पालकाे नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको उनले बताए ।
अहिले मुचुल्का उठाउने कार्य भईरहेको त्यसपछि थप अनुसन्धान अघि बढ्ने एसपी बुढाथोकीले बताए ।