चाँगुनारायण नगरपालिका ८ कलमसीमा १०८ फिट अग्लोे महादेव बनाईदै

6053

भक्तपुर । विगत २२ वर्षदेखि तान्त्रिक विधिबाट जटिल रोगनिको पारेको दावी गर्दै आएकाललितपुर महानगरपालिका वडा नं१२ कुटीसौगलका बुद्धिकुमार खड्गी ‘शिवतान्त्रिक’ ले भक्तजनबाट संकलित दक्षिणा-भेटीबाट चाँगुनारायण नगरपालिका ८ कलमसी, सुडालमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मुर्तिस्थापनागर्न लागेका छन् ।

यसकालागिउनले आफुकहाँ उपचारको लागिआउने भक्तजनसंग आफ्नो गक्षअनुसार स्वेच्छाले सहयोगको आह्वानपनि गरेका छन् । आगामी नागपञ्चमीमा सो महादेवको मुर्ति स्थापनाको शिलान्यास तिथि तय गरिएको उनले बताए ।
जमीनबाट ४० फिट गहिराई र जमिन सतहबाट १०८ फिट अग्लो ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेव मुर्ति स्थापनागर्न लागिएको हो ।आफुले कल्पना गरेको कुरा पुरा गर्ने भएकोले सो महादेवलाई कल्पेश्वरमहादेव भनिएको हो । मन्दीर निर्माण समितिको अध्यक्षतथा संरक्षक तिनै शिवभक्त‘शिवतान्त्रिक’ रहेका छन् ।

कल्पेश्वर महादेव मुर्तिस्थापनाको लागिकलमसीको ८२ रोपनीखुल्ला चरणक्षेत्र कालिकाकल्पेश्वर महादेव मन्दीरको नाउँमा केहीवर्षअघि भोगाधिकार आइसकेको छ । तत्कालिन सुडाल गाविसको वडा नं ८ र ताथलीगाविसको साविक वडा नं ४ मा रहेको ८२ रोपनी सार्वजनिक जग्गामन्दीरको नाउँमादिईएको तत्कालिन सुडाल गाविस सचिवबद्री नेपालले बताए ।

गाईवस्तु चराउनप्रयोग भईरहेको सो सार्वजनिकजग्गामा करीव २० करोड रुपैयाँको लागतमा १०८ फिटअग्लो कल्पेश्वर महादेवमुर्ति स्थापनागरिने भएपछि त्यहाँको चहलपहल अहिलेदेखि नैबढ्न थालेको नेपालीकाँग्रेसका स्थानीयनेता एवम् मन्दीर निर्माण समितिका सदस्यहरिप्रसाद नेपालले बताए ।

मन्दीरको नाउँमा भोगाधिकार आएको ८२ रोपनी जमिन मामहादेव मन्दीरको साथै वालउद्यान, वनभोजस्थल, पार्क लगायत बन्नेछ । ‘महादेवको मूर्ति स्थापना, पार्क, वनभोजस्थल निर्माण सम्पन्न भएपछि यो ठाऊँ धार्मिक पर्यटनको रुपमाविकास हुनेछ’—सदस्य नेपालले भने । कमलविनायकदेखि चल्ने सार्वजनिक बसको अन्तिम विसौनी कल्पेश्वर महादेव मुर्ति निर्माणस्थल नजिक रहेको छ ।

कालिकामन्दीर निर्माणको लागिचन्दा संकलनगर्ने उद्धेश्यले २०६९ लगाएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट संकलित १३ लाख रुपैयाँबाट कालिकामन्दीर बनाइएको उल्लेख गर्दै निर्माण समिति सदस्य नेपालले शिवतान्त्रिकको व्यक्तिगत लगानीमा हिमालको आकृति सहित पोखरी भित्र कालीनागको स्थापना, भजन घरनिर्माण र सानो शिवमन्दीर बनिसकेको छ । शिवतान्त्रिक २०७१ को नागपञ्चमीका अवसरमा कलमसी पुगेका थिए ।

कालिकामन्दीर नजिकै रहेको ८२ रोपनी भिरालो जमीन डोजर लगाएर सम्याउने कामभईसकेको र माटो परीक्षणकोकाम पनि भईसकेको शिवतान्त्रिकले बताए । २०७१ को नागपञ्चमीदेखि हालसम्म कलमसीमा कालिकामन्दीर निर्माण,कालिनागको स्थापना, भजनघर निर्माण र बुढानिलण्ठको प्रतिमा स्थापनाको साथै डोजरलगाएरसो सार्वजनिकजग्गा सम्याउनसमेत १ करोड २२ लाख रुपैयाँखर्च भईसकेको पनिउनले बताए ।

भक्तपुरको कमलविनायक भत्केको पाटीबाट करीव १० किलोमिटर पुर्वतर्फ काभ्रेको सिमानामा जोडिएको कलमसीबाट काठमाण्डौ उपत्यकाका तीनैवटा शहर काठमाण्डौ, भक्तपुर र ललितपुर शहर प्रष्ट देखिन्छ ।

साक्षरमात्रै रहेका शिवतान्त्रिकले २२ वर्षको अन्तरालमा हजारौं विरामीको रोग निको पारेको ररोग निको भईसकेपछि उनीहरुले दिएको स्वेच्छिक दक्षिणा÷भेटीबाट भगवान शिवको नाऊँमा कल्पेश्वर महादेवको मुर्ति स्थापनागर्न लागिएको उनले बताए । उनीआफ्नो निवासमा दैनिकविहान ७ बजेदेखि दैनिक ५ सयदेखि एकहजार जनासम्म विरामीको उपचार गर्ने गर्छन ।उनको उपचार शुल्क तोकिएको छैन,विरामीको स्वेच्छाले २० देखि १०० रुपैयाँसम्म चढाउने गर्छन ।

त्यो भन्दा बढी रुपैयाँ दान गर्नेको नाम र ठेगाना पारदर्शिरुपमा उनका सहयोगीले टिप्ने गरेका छन् । पक्षघात, क्यान्सर लगायत जटिल भन्दा जटिल रोग निको पारेको विश्वासमा रोगीहरु उनी कहाँ उपचारको लागि सोध्दैखोज्दै आउने गरेका छन् ।