भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। गुण्डुतर्फ जाँदै गरेको स्कार्पियो आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा गाडीमा सवार यात्रुहरू घाइते भएका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।