नवलपरासीमा बिद्धुत महसुल केन्द्रमा तालाबन्दी

433

रबिन्द्र यादव /  नवलपरासीको गुठी सुर्यपुरा स्थित गण्डक जल विधुत केन्द्रमा स्थानिय दृारा कार्यालय घेराऊ गर्दै विधुत महसुल कक्षमा ताला बन्दी गरिदिएका छन् !प्रतापपुर गाऊपालिका साबिक वडा नं.८ पिपरपातीमा करिब १५ दिन देखी जडान ट्रन्सफर्मर जलेर विधुत आपुर्तीमा समस्या आएपछि बिधुत संचालन गर्नका लागी प्रधिकरणले गाउँमा ५० के.बी.को ट्रस्फर्मर जडान गरेको थियो । पिपरपाती गाउँमा विधुत खपत बढी भएको हुदाँ करिब ३ दिन देखी फेरी ट्रास्फर्मर समस्या आएपछि बिधुत आपुर्ती पुर्ण रुपले ठप्प भएपछि स्थानियहरुले सो गाऊमा १०० के. बी.को ट्रस्फर्मर जडान गर्नका लागी करिब ६ महिना अगाडी प्राधिकरण कार्यालयमा उजुरी समेत गर्दा पनि प्राधिकरणले वेवास्ता गर्दै अाएको स्थानिय युवराज मौर्याले अाक्रोसित हुदै बताएका छन ।बिधुत आपुर्ती पुर्णरुपले ठप्पले स्थानियहरुमा अाक्रोस बढदै गएको देखिन्छ । प्राधिकरणले अविलम्ब ट्रान्सर्फमर जडान गर्न पर्ने देखिन्छ ।