नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चा नवलपरासीमा आबद्ध चार दलीय गठबन्धन राजपा नेपालको आन्दोलनमा संघिय समाजबादी फोरम नेपाल , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति नेपाल नवलपरासीले पनि समर्थन जनाएका छन् । मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीको अध्यक्षतामा आज परासीमा बसेको मोर्चाको बैठकमा समाजबादी फोरम , लोकतान्त्रिक फोरम र नँया शक्तिले समर्थन जनाएका हुन् । यि तिन दलहरुलाई राजपाको आन्दोलनमा समर्थन नजनाउन केन्द्रिय निर्देशन रहेपनि मधेसका मांग सम्बोधन गराउन मधेसबादी दलहरु जिल्लमा एकताबद्ध रहेकाले जिल्ला स्थित नेताहरुले नवलपरासीको आन्दोलनलाई समर्थन गरेका हुन् । यस अघिपनि ति दलका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुले संंयुक्त लोकतान्त्रिक मधेसी थरुहट मधेसी मोर्चा सँगै आन्दोनलमा होमिएका थिए । आजको बैठकवाट मोर्चाका नेताहरुले राजपा नेपाल , संघिय समाजबादी फोरम , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति पार्टि नेपालको जिल्लामा मोर्चा बनाएर नै आन्दोलन गर्ने औपचारीक निर्णय गरेका छन् । राजपा र अन्य तिन दलका जिल्ला स्थित केन्द्रिय सदस्य , जिल्ला अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुको उपस्थितमा आज परासीमा गरेको बैठकमा परासी क्षेत्रका पाँचवटै स्थानीय तहमा आन्दोलन चर्काउनका लागि १ सय १ सदस्सीय आन्दोलन समिति गठन गरीएको राजपाका प्रवक्ता राधेरमण पाण्डेले जानकारी दिनुभयो । सरकारले राजपालाई बहिष्कार गरी असार २ गते मनोयन दर्ता गराउन पर्यत्न गरे राजपाको गठित समितिले मनोयन बिथोल्नका लागि आन्दोलन गर्नेछ । जस अन्तर्गत रामग्राम नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शुबास गिरीको संयोक्जत्वमा समिति गठन गरीएको छ । यस्तै पाल्हीनन्दनको संयोजकमा मुकर्जि गिरी , सरावल गाँउपालिकामा राधेश्याम चौधरी , प्रतापपुर गाँउपालिकामा रामपृत यादव र सुस्ता गाँउपालिकामा प्रेमचन्द्र गुप्ताको संयोक्जत्वमा आन्दोलन समिति गठन गरीएको छ । समितिहरुमा जिल्ला स्तरका नेता र सम्बन्धित स्थानीय तहका अगुवा कार्यकर्ताहरु रहेका छन् । यस्तै बैठकले मधेसबादी दलको मांग सम्बोधन नभएसम्म ति स्थानीय तहहरुमा असार २ गते उमेदवारहरुलाइ मनोयन दर्ता नगराउन र चुनावको प्रचार प्रसार रोक्नलाई मोर्चाले आग्रह समेत गरेको छ भने बन्द हडतालमा मोटरसाईकल चलाउन छुट दिईएपनि अब मोटरसाईकल चलाउदा कालो झण्डा बाधेर चलाउनु पर्ने मोर्चाले सर्वसाधरणलाई जानकारी गराएको छ । राजपाले आह्वान गरेको बन्दको दोस्रो दिन आज पनि सदरमुकाम परासी सहित दक्षिणि क्षेत्रको जनजिवन प्रभावित बनेको छ । आजपनि मधेसबादी दलका नेता तथा समर्थकहरुले बिभिन्न ठाँउहरुमा टायर बालेर नारबाजी गर्दै प्रदर्शन गरेका छन् ।
लोकतान्त्रिक फोरमको ३ जिल्लाको संयुक्त बैठकले चुनावमा भाग नलिने निर्णय
नेपाल लोकतान्त्रिक फोरम पार्टीलेपनि राजपाको आन्दोलनलाई समर्थन गर्ने भएको छ । आज नवलपरासी, रुपन्देहि र कपिलबस्तु पार्टीको संयुक्त बैठकले, मधेशको जायज माग पुरा नभएसम्म हामीले पनि चुनावमा भाग नलिने निर्णय गरेका छन् । सरकारले मधेशी जनताको मागलाई दबाउदै बलजफती दोश्रो चरणमा स्थानिय तहको निर्वाचन गर्न खोज्दा लोकतान्त्रिक फोरमले यसको घोर भर्तसना गर्दै, सरकारसंग मधेशको जायज माग पुरा गरि चुनावको सहज वातावरण बनाउन आग्रह गरेको छ । सरकार मधेशको माग प्रति साकारात्म नभएको पार्टीले आरोप लगाउदै यि तिनवटै जिल्लाको संयुक्त बैठकले चुनावमा भाग नलिने र आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको नवलपरासी जिल्ला अध्यक्ष सुबाषचन्द्र गिरीले बताए । तिन वटै जिल्लाको संयुक्त बैठकमा पार्टीका विभिन्न केन्द्रिय सदस्य एवं पुर्व राज्य मन्त्रीहरु पनि थिए । पार्टीको उक्त बैठक रुपन्देहीका जिल्ला अध्यक्ष मोहम्मद ईस्हाक मुसल्मानको अध्यक्षतामा बसेको थियो ।