सामुदायिक विद्यालयका शिक्षकहरू रिले अनशन समर्थनमा पुगे परियार र श्रेष्ठ

47

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ६ दिनयता सामुदायिक विद्यालयका शिक्षकहरू रिले अनशनमा छन् ।

आफूहरूले राखेका माग पूरा गराउन दबाब दिन शिक्षकहरू रिले अनशनमा बसेको  हुन् ।

शिक्षकहरूको रिले अनशनको समर्थन गर्न नेपाली काँग्रेसका सह महामन्त्री जीवन परियार र बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ पनि पुग्नु भएको छ ।

शिक्षकहरूको माग केवल नेपाली काँग्रेसले मात्र सम्वोधन गर्दै आएको बताउँदै सह महामन्त्री परियारले २०४८ सलामा पनि नेपाली काँग्रेसका नै प्रधानमन्त्री रहनुभएका कृष्ण प्रसाद भट्टराईले शिक्षकलाई न्याय गर्दै स्थायी गरेको स्मरण  गराउनु भएको थियो ।

यस्तै उहाँले शिक्षकको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको समेत बताउनु भएको थियो ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै हरेक बिहान ८ बजेबाट साँझ ६ बजेसम्म रिले अनसन बस्दै आएको जानकारी दिनुभएको थियो ।