राष्ट्रपति पौडेललाई नगरकोट भ्रमण वर्ष २०८२ को निमन्त्रणा

58

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री तथा पूर्व उद्योग राज्यमन्त्री माननीय कञ्चनचन्द्र वादे र बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डलले नगरकोट भ्रमण वर्ष २०८२ को निमन्त्रणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा भेट गरेका छन् ।

भेटमा चाँगुनारायण, मण्डनदेउपुर, शंकरापुर र बनेपा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरू सहभागी थिए। नगरकोटलाई पर्यटकीय हबको रूपमा विकास गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्ष घोषणा गरिएको आयोजक समितिले जनाएको छ।

राष्ट्रपति पौडेलले नगरकोटको पर्यटकीय विकासका लागि सबै तहका सरकारले सहकार्य गर्नुपर्ने भन्दै यस पहलमा आवश्यक सहयोगका लागि सकारात्मक रहेको बताएका छन्।