भक्तपुरमा खुल्यो आधुनिक सुविधा सम्पन्न द इन्फिनिटी लाउन्ज 

70

भक्तपुर । भक्तपुरको पेप्सीकोला,दिबेश्वरी टाउन प्लानिङ्गमा आधुनिक लाउन्ज सञ्चालनमा आएको छ । ५ हजार जनाको क्षमता भएको भक्तपुरको पहिलो लाउन्जका रूपमा द इन्फिनिटी लाउन्ज सञ्चलनमा आएको हो ।

लाइभ कन्सर्ट रेस्टुरेन्ट,बार र क्लबमा हुने डान्सिङ फ्लोर समेत को सुविधा सम्पन्न लाउन्ज भक्तपुरमा नै खुले सँगै पेप्सीकोला कागेश्वरी मनोहरा भक्तपुर थिमीका युवाहरूले काठमाडौँ र ललितपुर सम्म नाइट लाइफका लागि पुग्नुपर्ने बाध्यताको अन्त्य हुने लाउन्जका सञ्चालक राकेश  के.सिले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै थालनी गरिएको उक्त लाउन्जमा पहिलो दिन राजु लामाको ब्याड मंगोलियन हार्टले आफ्नो प्रस्तुति राखेको थियो भने आज देखि विभिन्न ब्याडहरूले आफ्नो प्रस्तुतिका साथ लाइभ मिउजिकको मज्जा लिन सकिने छ ।

हरेक दिन विभिन्न कलाकारहरूको साथमा लाइभ मिउजिकका साथै विभिन्न इभेन्ट वर्थ डे सेलिभ्रेसन देखि एनिर्भसरी साथै ग्यादरिङका लागि उपयुक्त थलोका रूपमा यस लाउन्जलाई उपभोग गर्न सकिने उहाँले बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्ने गरी लाउन्ज सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । आधुनिक डिजाइनमा निर्माण भएको लाउन्जमा पर्याप्त पार्किङ, रेस्टुरेन्ट,बार र डान्सिङहलको सुविधा उपलब्ध छ । यस लाउन्ज मा एकै साथ ६५० जना बस्न मिल्ने र बढीमा ५००० जना डान्सिङ फ्लोर ,लाइभ कन्सर्ट र अन्य कार्यक्रममा सहभागी हुन सक्ने छन् ।