टोखा नगरपालिकामा तीव्र विकास

10

काठमाडौँ। टोखा नगरपालिकाले २०७४ र २०७९ सालमा गरी स्थानीय तहको दुई पटक भएका निर्वाचनबाट भौतिक पूर्वाधारको विकासमा अपेक्षा गरिए भन्दा धेरै काम सम्पन्न गरेको छ । सडक, पुल, खानेपानी, ड्रेन निर्माण करिडोर, पार्क निर्माण लगायतको भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्यरुपमा सफलता हासिल गरेको हो । नगर प्रमुख प्रकाश अधिकारीमा विकास प्रतिको हुटहुटिको चहानाले र यस कार्यमा साथ र सहयोग गर्ने नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको सक्रियता थप बल पुगेको हो ।
नगरपालिकामा नगर प्रमुख र कर्मचारीहरुको प्रमुखले विकास र समृद्धिका लागि चाहने हो भने धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण पछिल्लो समयमा टोखा नगरपालिकाले देखाएको छ ।
टोखा नगरपालिकाले करिडोर, सडक, पार्क, निर्माण गर्न विष्णुमती करिडोर क्षेत्रको टहरामा एकैपटक डोजर लगाई खाली गरेको छ । सो स्थानमा अत्याधुनिक चिल्ड्रेन पार्कसहित खुल्ला व्यायम शालासहितको पार्क, मनोरथ तिर्थ पुलदेखि टोखा ११ को कार्यालयसम्मको करिडोर सडकमा कालोपत्रे , करिडोर क्षेत्रमा वृक्षारोपण मनमैजु पुलदेखि मनोरथ तीर्थसम्म करिडा र सडकमा १० फिटे फुटपाथ निर्माण लगायतका भौतिक पूर्वाधारको क्षेत्रमा अपेक्षाकृत कार्य भएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
उहाँको आफ्नो अबको दुई वर्षको बाँकी कार्यकालमा भौतिक पूर्वाधारका क्षेत्रमा खासै कुनै काम बाँकी नरहने गरी सबै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।