डा. डीआर उपाध्यायलाई ओश विश्वविद्यालयद्वारा मानार्थ डी.लिट. उपाधि

11

काठमाडौं।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई किर्गिस्तानको प्रतिष्ठित ओश विश्वविद्यालयले साहित्यमा मानार्थ विद्यावारिधी (डी.लिट.) उपाधि प्रदान गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा डा. उपाध्यायलाई उक्त सम्मान प्रदान गरिएको हो।

डा. उपाध्यायले सन् २००० मा समाजशास्त्र विषयमा विद्यावारिधी हासिल गरेका थिए। त्यसयता उहाँलाई अमेरिकालगायत विभिन्न सात देशका विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी प्राप्त भइसकेको छ। ओश विश्वविद्यालयको यो उपाधि उहाँका लागि आठौं मानार्थ विद्यावारिधी हो।

समारोहका आयोजकका अनुसार, गीत, साहित्य र साङ्गीतिक क्षेत्रमा डा. उपाध्यायले पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो। कार्यक्रममा अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि मानार्थ विद्यावारिधीबाट सम्मान गरिएको थियो।

गीत, गीति–साहित्य र विविध सिर्जनात्मक विधामा अहिलेसम्म १५३ वटा विश्व कीर्तिमान कायम गरिसकेका डा. उपाध्यायका एक दर्जनभन्दा बढी उपन्यास, तीन गीति–कविता संग्रह३६ वटा साङ्गीतिक एल्बम सार्वजनिक भइसकेका छन्। उहाँका करिब २५० गीत सार्वजनिक भइसकेका छन् भने सयौं गीतहरूका म्युजिक भिडियोहरू पनि सार्वजनिक छन्।

हालसालै उहाँद्वारा लिखित नयाँ उपन्यास ‘आशक्ति’ प्रकाशनको तयारीमा रहेको जनाइएको छ।