बागमती प्रदेशमा बुधबार सार्वजनिक विदा

34

हेटौंडा, — बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी दिवसका अवसरमा आगामी बुधबार (वैशाख २४ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ।

बुधबार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको घोषणा गरेको हो। यो निर्णय बागमती प्रदेश राजपत्रको खण्ड (८), संख्या ३२, भाग ३, मिति २०८१ सालको सूचना अनुसार गरिएको हो।

गत वर्षदेखि हरेक वैशाख २४ गतेलाई सरकारी कामकाजको भाषाको प्रारम्भ दिवसका रूपमा मनाउन थालिएको हो। प्रदेश सरकारले सो ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यही मितिमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो।

सरकारी कामकाजमा स्थानिक मातृभाषा र नेपाली भाषाको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सो दिवस मनाइँदै आएको छ।