गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ भक्तपुरका चौलागाई

332

काठमाडौँ,— गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ ले यस वर्षको ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ सहायक फोटो पत्रकार भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका शेखरनाथ चौलागाई र वरिष्ठ कम्प्युटर अपरेटर अनिल राजवंशीलाई प्रदान गर्ने निर्णय गरेको छ।

संघका महासचिव विजय न्यौपानेले सोमबार निर्णय सार्वजनिक गर्दै यो १५औँ संस्करणको पुरस्कार हुने जानकारी दिनुभयो। उहाँका अनुसार पेसागत इमानदारी, व्यवसायिक कुशलता, कार्य प्रतिबद्धता र अनुशासनका आधारमा उनीहरूलाई छनोट गरिएको हो।

चौलागाई २०५४ साल असार २४ गतेदेखि र राजवंशी २०६४ साल पुस २४ गतेदेखि गोरखापत्र संस्थानमा कार्यरत हुनुहुन्छ।

उक्त पुरस्कार गोरखापत्रको १२५ औं वार्षिकोत्सवको अवसरमा वैशाख २४ गते आयोजित विशेष समारोहमा नगद रु ५,००० र कदरपत्रसहित संयुक्त रूपमा प्रदान गरिने जानकारी दिइएको छ।