प्रगतिशील कानून व्यवसायी संगठनको पाटन विशेष जिल्ला कमिटीको अधिवेशन सम्पन्न, भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन

14

पाटन। नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपालको उच्च अदालत बार पाटन विशेष जिल्ला कमिटीको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले अधिवक्ता कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला नेतृत्व चयन गरेको छ। समितिमा धर्मराज पौडेल उपाध्यक्ष, राजाराम घिमिरे सचिव, लक्ष्मी सुवेदी महिला सचिव, र विशेष शर्मा सुवेदी कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

त्यस्तै, सुरेश बोहोरा, राम शरण चापागाई, बालकृष्ण थापा, ज्योती गुरुङ, सुनिल खरेल, प्रशंसा चुडाल, क्रान्ती भट्टराई, सिमा सुवेदी, रिता देवी लुईटेल, वविता राई, तथा विष्णु प्रसाद भारती सदस्य पदमा चयन भएका छन्।

साथै भरत न्यौपाने, सुदिप भण्डारी, राजेश रेग्मी, सन्तोष पराजुली, संगित ढुंगाना, ज्योती सापकोटा, नारदमुनी सिग्देल, मातृका खनाल, राम प्रसाद रिजाल, अनिता पौड्याल, शेमना अधिकारी र प्रकाश अधिकारी समेत सदस्यमा चयन भएका अन्य पदाधिकारी हुन्।

अधिवेशनमा संगठनको भावी कार्यदिशा, नीति तथा कार्यक्रमहरूबारे व्यापक छलफल भएको थियो। सहभागीहरूले कानूनी व्यवसायमा प्रगतिशीलता, पारदर्शिता र सेवामूलक भावनाको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमले कानून व्यवसायीहरूबीच एकता, सहकार्य र व्यावसायिक मर्यादाको सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।