भक्तपुर । २०८२ जेठ ३ — नेपाल रेडक्रस सोसाइटी ९नेरेसो० भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा तथा नेरेसो ताथली उपशाखाको आयोजनामा दुईदिने विद्यालयस्तरीय प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ।
मिति २०८२ साल जेठ २ र ३ गते सम्पन्न उक्त तालिममा ताथली उपशाखाअन्तर्गत रहेका ४ वटा विद्यालयका जुनियर रेडक्रस सर्कलहरूबाट २७ जना विद्यार्थी सहभागी थिए। तालिमको उद्देश्य विद्यार्थीहरूलाई आकस्मिक अवस्थामा आवश्यक प्राथमिक उपचार दिन सक्ने दक्षता प्रदान गर्नु रहेको थियो।
तालिम अवधिभर सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत सिद्धान्त, घाउमा पट्टी बाँध्ने तरिका, जलन वा चोटपटकको प्राथमिक उपचार, हड्डी भाँचिएको अवस्थामा गर्ने कार्य, अचेत अवस्थामा प्रदान गरिने सहयोग ९ऋएच्० लगायतका महत्वपूर्ण विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रम सफलताका लागि प्रशिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री धर्मराज कार्कीले जानकारी दिनुभयो ।