भक्तपुर । भक्तपुरको ताथली–नाला सडकमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनाकार्यक्रमगरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं . ९ ताथलीको उक्त सडकमा बढ्दो सवारी चापसँगै बढेको दुर्घटना न्यूनीकरणका लागि दक्षिणकाली युवा समूहले सचेतनाकार्यक्रम गरेको हो ।
अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको ताथली–नाला सडकको याण्डोल, फैढोका, पण्डित पधेँरो गोठालेचौर, नालाछाप खण्डमा दुर्घटना बढिरहेको बेला समूहले सामाजिकउत्तरदायित्वअन्तरगत दुर्घटना न्यूनीकरणका लागि सचेतनाकार्यक्रमआयोजना गरेको समूहकाअध्यक्ष सुरेशराजगिरिले बताए ।
सडक सचेतनाअन्तरगत समूहले महानगरीय ट्राफिक प्रभागकमलविनायकसँग समन्वय गरी ट्राफिक सचेतना¥याली, अन्तरक्रिया र सचेतनाबोर्ड राखेको छ । शनिबार भएको सचेतना¥यालीअन्तरगतयुवा, विद्यार्थीफ ट्राफिक प्रहरी, जनप्रतिनिधि, समाजसेवी,शिक्षकतथा स्थानीयहरूको सहभागितामा समूहले ताथली–नाला सडकको फैढोकादेखि नालाछापसम्म सचेतना र्याली गरेको थियो ।
अन्तरक्रियामाचाँगुनारायण नगरपालिका वडा नं. ९का वडा अध्यक्ष गणेश त्यातले सडक दुर्घटना न्यूनीकरणका लागिनागरिक भावनाको जरुरी रहेको उल्लेख गर्दै बढ्दो दुर्घटना न्यूनीकरणका लागि वडा कार्यालयले पहलकदमीलिने प्रतिवद्दता जनाए । उनले दुर्घटनाको संख्यामा वृद्धि हुनुमा साँघुरो सडकका साथै चालकको लापरवाही, ट्राफिक प्रहरीको गलतकार्य समेत जिम्मेवार भएको जनाउँदै दुर्घटना कमगर्नकालागियुवा समूहको प्रयासको प्रशंसा गरे ।
कार्यक्रममामहानगरीय ट्राफिक प्रभागकमलविनायककाइन्चार्ज ताराबहादुर खड्काले सबै सचेत भएरै बढ्दो सडक दुर्घटना घटाउन सकिने बताए । उनले प्रत्येकचालक, पैदलयात्रीले ट्राफिक नियमपालनागर्नुपर्नेमाजोड दिए । इन्चार्ज खड्काले सडक दुर्घटनाका कारण ठूलो मात्रामाधनजनको क्षतिभइरहेको उल्लेख गरे ।
इन्चार्ज खड्काले सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्षबीच समन्वय र सहकार्य हुनुपर्नेमाजोड दिँदै ताथलीकायुवाहरुको प्रयासको सराहना गरेकाथिए ।
कार्यक्रममा सञ्चारकर्मी हरिसुन्दर छुकांले सडक दुर्घटना रोकथामगर्ने विषय सबैको सरोकारको विषयभएको उल्लेख गर्दै ताथलीमा बढ्दो सडक दुर्घटना रोकथामकालागि दक्षिणकाली युवा समूहको प्रयास उदाहरणीय, सराहनीय र अनुकरणीय रहेको जनाए । उनले सडक सचेतनाकार्यलाई निरन्तरतादिन समेत अनुरोध गरे ।
अन्तरक्रियामा समूहका सदस्य राजकुमार बस्नेत र सदेश खड्काले दक्षिणकाली युवा समूहनाफामुखी संस्थानभई सेवामुखी समूहभएकाले नागरिकमा सचेतना वृद्धिका लागि समूहले अगुवाइ गरेको बताए । उनीहरुले बढ्दो सडक दुर्घटनाले ताथलीवासीत्रासमाबाँच्नविवस भइरहेकाले सो समस्या समाधानकालागि ठोस कदमचाल्न अनुरोध गरेकाथिए ।
कार्यक्रममाताथलीको गणेश माविकी छात्रा असलीमायातामाङले सडक दुर्घटना हुननदिनकालागिविद्यार्थी समयदेखि नै सचेतनाआवश्यक रहेको बताइन् । कार्यक्रममा समूहका सदस्यईश्वर खड्का, घनश्याम खड्काले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामाजोड दिए ।
समूहकाअध्यक्ष सुरेशराजगिरीले दुर्घटना न्यूनीकरणका लागि स्थानीय, जनप्रतिनीधि, युवा, महिला, विद्यार्थी, यात्रु, प्रहरी, प्रशासन सबैको सहयोग आवश्यक रहेकोमाजोड दिए । उनले नियमविपरीतकागतिविधिलाई तत्काल नियन्त्रण गर्न समेत माग गरे ।
सचेतनाअन्तर्गत ताथली–नाला सडकका विभिन्न खण्डमा सचेतनाबोर्ड टाँगिएको थियो । कार्यक्रममाबोर्डकालागि सहयोगीहरुलाई कदर पत्रप्रदानगरिएको थियो ।