भक्तपुर ठिमीमा लागुऔषधसहित चार जना पक्राउ

93

भक्तपुर – भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधेबाट लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा लागुऔषध खरिद बिक्रीमा संलग्न थप तीन जना पक्राउ परेका छन्।

प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघर डोलस्थित कुमारी तामाङको खाजा पसलबाट लागुऔषध खरिद हुने गरेको पत्ता लगाएको हो। सो सूचनाको आधारमा पसल सञ्चालिका सहित थप तीन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा कुमारी तामाङ, ४१ वर्ष, खाजा पसल सञ्चालक, गठ्ठाघर डोल, स्थायी ठेगाना: रुबी भ्याली गा.पा. वडा नं. ४, धादिङ  क्रिशल घिमिरे, ३२ वर्ष, हाल निकोशेरा भक्तपुर, स्थायी ठेगाना: बिराटनगर म.न.पा. वडा नं. ७, मोरङ  प्रविन उप्रेती, २५ वर्ष, हाल दधिकोट, स्थायी ठेगाना: रोशी गा.पा. वडा नं. ६, काभ्रेपलाञ्चोक र  विष्णु बानियाँ, २२ वर्ष, हाल सानोठिमी, स्थायी ठेगाना: दुधौली न.पा. वडा नं. १०, सिन्धुली रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट Tramadol लेखिएको क्याप्सुल: १०९ थान  लागुऔषध (पोल्याण्ड गाँजाजस्तो देखिने पदार्थ): ११ ग्राम ७५० मिलिग्राम नेपाली नगद: रु. ५२,४७०/- र मोबाईल: ४ थान समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउपछि उनीहरूलाई भक्तपुर जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।