चाँगुनारायण। नेपाल तरुण दल चाँगुनारायण नगर समितिको अधिवेशनबाट सौरभ श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्। यसअघि श्रेष्ठ नगर समितिका सदस्यको जिम्मेवारीमा सक्रिय थिए।
नवनिर्वाचित अध्यक्ष सौरभ श्रेष्ठले तरुण दलको विधानअनुसार संगठन सुदृढीकरण, राम्रा कामको प्रचारप्रसार र जनताप्रति उत्तरदायी खबरदारीमा आफू प्रतिबद्ध रहेको बताए। उनले अन्तिम चरणमा सर्वसम्मति कायम गर्न सहयोग गर्ने सबै साथीहरूलाई धन्यवाद दिँदै सहकार्यमा संगठनलाई अघि बढाउने प्रतिवद्धता जनाए।
नगर अधिवेशनको उद्घाटन नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले गरेका थिए। समापन समारोहमाबागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ क्षेत्रीय सभापति तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, तरुण दलका केन्द्रीय सदस्य गोपाल पौडेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व नगर अध्यक्ष गोबिन्द थापाले गरेका थिए।