भक्तपुर । किशोरीहरुको लागि समयको मागलाई मध्यनजर राखेर असार १५ गतेबाट सुर्यविनायक नगरपालिका भित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरुमा आत्मरक्षा तालिमको १९ गते विहिवार सुनपाका उपमेयर सरिता तिमिल्सिना भट्टराईको प्रमख आतिथ्यमा एक दिने सुरक्षा तथा आत्मरक्षा तालिम ज्योति माध्यामिक विद्यालय किवाचोक, गुण्डुमा समापन कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथिको आशनबाट सुनपाका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले लैङ्गिक हिंसा, घरेलु हिंसाको विरुद्धमा हरेक किशोरी महिला आफै सक्षम हुन वर्तमान समयमा आत्मरक्षाका सिप अति महत्वपुर्ण छ, यसले महिला स्वयम् आत्मबल र निडर भई सहि पथमा लाग्न प्रेरित हुन्छ भन्नु हुँदै आगामी दिनमा किशोरको लागि पनि अभिमुखिकरण तथा सुरक्षा कार्यक्रम ल्याउने योजना रहेको बताउनु भयो ।
कार्यक्रममा सुनपा वडा नं. ७ वडा अध्यक्ष रविन्द्र सापकोटाले सभ्य समाज निर्माण तथा सकारात्मक सोचको लागि हरेक किशोरीहरुले सुरक्षाका सिपका तालिमले शारिरीक तयारी, मानसिक सर्तकता बढ्नुले आपराधिक गतिविधिमा कमि हुने कुरा बताउनु भयो । कार्यक्रममा ज्योति माध्यामिक विद्यालयका संस्थापक प्रअ कृष्णलाल न्हेमाफुकिबाट पनि कार्यक्रमको बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा आत्मरक्षा प्रमुख प्रशिक्षक पद्मा खयरगोलीले महिला हिंसा, लैंगिक हिंसा बारे प्रकाश पार्नु हुंदै महिला आफै समयमै सचेत, सक्षम रहन तालिमले सहयोग गर्ने बताउनु हुंदै सैद्धान्तिक ज्ञान सहित तालिमका अनुभवहरु प्रस्तुत गर्नु भएको थियो भने प्रशिक्षक रविन्द्र श्रेष्ठबाट प्रयोगात्मक तथा टेक्निकल प्रशिक्षण दिनु भएको थियो, तालिममा ७० जना किशोरी विद्यार्थीहरुको सकृय सहभागिता थियो ।
आत्मरक्षा तालिम असार १८ गते अरनिको मावि, दधिकोटमा सुनपा २ का वडा अध्यक्ष लघुराम न्यौपानेको प्रमुख आतिथ्यमा विद्यालयका प्रअ महेन्द्र श्रेष्ठको उपस्थितिमा एक दिने सुरक्षा तथा आत्मरक्षा तालिम सम्पन्न भएको थियो । यस तालिममा १०० जना किशोरीहरुको सकृय सहभागिता थियो ।
सुनपा विभिन्न ५ वटा सामुदायिक विद्यालयहरुमा आत्मरक्षा तालिम दिने योजना अन्तर्गत आइतबार कुलमाया भगवती माविमा ८५ जना, सोमबार सिरुतार माविमा ८५ जना र मंगलबार महेन्द्र शान्ति माविमा ९० जना किशोरीहरु तालिमबाट लाभान्वित भएको कार्यक्रम संयोजक शर्मिला दाहालले बताउनु भएको छ ।