दोस्रो चरणको निर्वाचनको तयारी पूरा, आइतवार उम्मेद्वारी दर्ता

441

यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको  निर्वाचन आयोगले बताएको छ । शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी निर्वाचन  आयोगले सो कुराको जानकारी दिएको हो ।  भोली बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेद्वारी दर्ता हुने आयोगले बताएको छ  ।

दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुनेछ, जसमा बिराटनगर महानगरका साथै ७ उपमहानरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिने र १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगको अनुसार ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहने छन् भने मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय  कर्मचारी खटिने छन् ।