प्रधानमन्त्रीदेखि सबै मन्त्री चुनावी दौडमा, सिंहदरबार खाली !

466

काठमाडौं । दोस्रो चरणको निर्वाचनमा मतदातान गर्ने निहुँमा प्रधानमन्त्रीसहित बहालवाला मन्त्रीहरु आफ्नो गृह जिल्ला तथा क्षेत्रतर्फ जाने भएका छन् ।
निर्वाचन आचारसंहिता लागिरहेका बेला बहालवाला मन्त्रीहरु चुनावी अभियानमा पार्टीका लागि भोट मागिरहेका छन् भने अब चुनावको दिनसम्म गृह जिल्ला तथा आप्mनो क्षेत्रमा अड्डा जमाएर बस्न लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार ७ नम्बर प्रदेशतर्फ जाँदैछन् । डडेलधुराको गन्यापधुरा  गाउँपालिका वडा नं १ का मतदाता देउवा प्रदेश नं ७ का विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनेछन् । देउवा निकट स्रोतका अनुसार मतदान दिन अर्थात १४ गतेसम्म देउवा काठमाडौं फर्कने छैनन् ।

त्यसैगरी उपप्रधानमन्त्री विजयकुमार गच्छदार शनिबार राजधानी बाहिर जाँदैछन् । सुनसरीको दुहवी नगरपालिका मतदाता रहेका गच्छदार पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुँदै १४ गते मतदान गरेर मात्रै काठमाडौं फर्किने उनी निकट स्रोतले जानकारी दियो ।

त्यसैगरी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा रोल्पा नगरपालिका वडा १ रोल्पा मतदाता हुन् । उनी यसअघि पनि पाँच नम्बर क्षेत्रका विभिन्न चुनावी कार्यक्रममा सहभागी भएका थिए । उनी पनि शनिबार नै आफ्नो गृह जिल्लातर्फ लाग्ने बताइएको छ ।

गृहमन्त्री जनार्दन शर्मा बिहीबार क्षेत्रीय सुरक्षा बैठकमा सहभागी हुन विराटनगर पुगेका छन् । बिहीबार नै उनले झापाको चुनावी सभामा भाग लिएको बताइएको छ । उनले भने मुसीकोट नगरपालिकामा पहिलो चरणको निर्वाचनमै मतदात गरेका थिए ।

त्यसैगरी अर्थमन्त्री ज्ञानेन्द्र कार्की भोजपुको षडानन्द नगरपालिकाका मतदाता हुन् । कांग्रेसको उत्तरपूर्वी क्षेत्रका नेता कार्की शुक्रबार चुनवाी कार्यक्रमकै लागि पूर्वका जिल्लातर्फ जाँदैछन् । त्यसपछि उनी आफ्नो गृह जिल्ला भोजपुर जाने बताइएको छ ।

यसरी सबैजसो बहालवाला मन्त्री चुनावी कार्यक्रम र मतदानका लागि आफ्नो क्षेत्रतर्फ लाग्दा मन्त्रालय भने खाली हुने भएका छन् ।  यसअघि निर्वाचनको समयमा मन्त्रीहरु चुनवी कार्यक्रममा सहभागी हुन नपाउने निर्वाचन आचारसंहितामा उल्लेख थियो । तर, मन्त्रीहरुकै दबाबमा आयोगले मन्त्रीहरुलाई चुनावी कार्यक्रममा सहभागी हुन छुट दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरु नै चुनावी अभियानमा लाग्दा निर्वाचनको स्वच्छता र निस्पक्षता माथि प्रश्न उठ्ने भन्दै आचारसंहितामा मन्त्रीहरुले कुनै उमेदवारको पक्ष वा विपक्षमा मत माग्न नपाउने उल्लेख गरिएको थियो ।

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जाका मतदाता हुन् । श्रेष्ठको भने अहिलेसम्म चुनावी कार्यक्रममा जाने कुनै कार्यक्रम छैन । त्यसैगरी सहरी विकास मन्त्री प्रभु साह रौतहतका मतदाता हुन् । उनले पनि दोस्रो चरणको निर्वाचनको मतदानमा भाग लिने छैनन् ।

  •  अशोक पौडेल baahrakhari