चुनाव जित्न धरानमा माओवादीले बाँड्यो नक्कली लालपूर्जा !

954

इटहरी, ९ असार-चुनाव आँउन पाँच दिन बाँकी रहँदा धरानका सुकुक्बासी बस्तिहरुमा माओवादी केन्द्रले धमाधम नक्कली लालपूर्जा बाँडेको विपक्षीले आरोप लगाएका छन् ।

माओवादी केन्द्रको चुनाव चिह्न र स्वस्तिक छाप लगाइएको पूर्जा सुकुम्वासी बस्तीमा बाँडिएको हो ।
धनि पुर्जाहरुमा माओवादी केन्द्रका केन्द्रीय नेताहरुको हस्ताक्षर भेटिएको छ ।

धरानका स्थानीय माओवादी केन्द्रका नेता चोत्लुङ र मेयर पदका उम्मेदवार आइन्द्र विक्रम बेघाको हस्ताक्षर भएको नक्कली धनी पुर्जाहरु धरानमा चर्चामा रहेको छ ।

राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणहरुले सामाजिक सञ्जालमा ती पुर्जाहरु सार्वजनिक गरेका छन् ।

श्रोतका अनुसार माओवादी केन्द्रले चुनाव जितेपछि सुकुम्बासीलाई धनी पूर्जा दिने बचा गरेकोमा स्थानियलाइ थप आधार दिन यस्तो काम गरिएको हो । एमाले र कांग्रेसले पनि सुकुम्बासी समस्या समाधान गर्न वैज्ञानिक आधार बनाँउछौँ भनिरहेको समयमामा माओवादीले भ्रम छरेर मत प्रभावित गर्न मौन अवधि शुरु हुनु अगाडि यस्तो गरेको कांग्रेस र एमाले नेताहरुले आरोप लगाएका छन् ।

कांग्रेस धरानका मेयर पदका उम्मेदवार तिलक राइले माओवादी आफै राज्य भएर भोट प्रभावित गर्न नक्कली धनी पूर्जा बाडेको बताउँछन् ।

एमाले धरानका मेयर पदका उम्मेदवार तथा सुकुम्बासी क्षेत्रको राम्रो जनाधार भएको भनिएका तारा सुब्बा चुनाव हार्ने निश्चि भएपछि माओवादी केन्द्रले यस्तो हर्कत गरेको बताउँछन् ।

‘आफ्नो पार्टीको नेतृत्वमा तीन पटक प्रधानमन्त्री बन्दापनि सकुम्बासी समस्या समाधा नगर्ने तर चुनाव आएसँगै पूर्जा बाड्दै हिड्ने काम लाजमर्दो हो ।’ सुब्बा भन्छन्, ‘यो अवैधानिक, अपराधिक र चुनावी आचारसंहिता विपरितका कार्य हो ।’

माओवादी केन्द्रले धरानको १३ हजार बढी संख्यामा रहेका सुकुम्बासीको मत तान्न यस्तो चुनावी प्रापोगाण्डा गरेको विपक्षीको आरोप छ । यस बारेमा सम्पर्क गर्न खोज्दा माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार आइन्द्र विक्रम बेघा सम्पर्कमा आउन सकेनन् ।lokantar