काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। त्यसअघि विभिन्न राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेका छन्।
स्रोतका अनुसार कांग्रेसले सोही क्रममा नुवाकोट–१ मा महतलाई उम्मेदवार बनाएको हो। गत निर्वाचनमा यो निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा माओवादी केन्द्रका हित बहादुर तामाङ विजयी भएका थिए।








































