कोलम्बियाको जलायशमा डुंगा डुब्दा ६ को मृत्यु, १६ वेपत्ता

303

कोलम्बियाको उत्तर पश्चिम भेगस्थित एक जलाशयमा करिब १७० यात्रु सवार डुङ्गा डुब्दा ६ जनाको मृत्यु भएको छ भने १६ जना वेपत्ता भएका छन् अन्य १३३ को भने उद्धार गरिएको छ ।
पर्यटकीय नगर ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा पर्यटकलाई घुमाउनको लागि प्रयोग गरिएको उक्त डुङ्गामा पानी छिरेपछि डुंगा डुब्न थालेको प्रहरीले जनाएको छ ।
डुंगा डुब्न थाले लगत्तै अन्य डुंगाले पीडितहरुको तत्काल उद्धार प्रयास गरेका थिए । सकुशल उद्धार गरिएका यात्रुहरुले आफुहरुलाई लाइफ ज्याकेट नदिइएको भन्दै डुंगा चलाउने कम्पनीको आलोचना गरेका छन् ।
घटनास्थलमा सेनाको हेलिकप्टर र गोताखोर प्रयोग गरि खोजी र उद्धार अभियान चलाइएको कोलम्बियाली सञ्चारमाध्यमले जनाएका छन् ।
घटना पछि राष्ट्रपति ज्वाँ म्यानुल सान्तोषले आइतवार साँझ उक्त क्षेत्रको भ्रमण गरि मृतकको संख्या ९ नभइ ६ भएको बताएका छन् । यसअघि सरकारी अधिकारीहरुले भने मृतकको संख्या ९ बताएका थिए ।