किमको हत्या प्रयास गर्नेलाई मृत्युदण्ड

292

उत्तर कोरियाले आफ्ना सर्वोच्च नेता किम जोङ–उनको हत्याको षड्यन्त्र रच्नेहरूमाथि मृत्युदण्डको सजाय सुनाएको छ ।


गत मे महिनामा अमेरिकी जासूसी संस्था सीआईएले किमको हत्या गर्ने षड्यन्त्र बुनेको र त्यसका लागि उत्तर कोरियालीलाई प्रयोग गर्न खोजेको खबर आएको थियो ।

उत्तर कोरियाको रक्षा मन्त्रालयले षड्यन्त्रमा संलग्न जोकोहीलाई ‘दुलोबाट थुतेर कारवाही गर्ने’ चेतावनी दिएको थियो ।

षड्यन्त्रकारीहरूको नाम सार्वजनिक नगरेपनि किम थरको एक व्यक्तिलाई रुसमा विदेशी एजेन्टहरूले सर्वोच्च नेताको हत्या गराउने प्रलोभन दिएको राज्यनियन्त्रित मिडियाले बताएको थियो ।

एजेन्सी