काठमाडौं । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ सिट जितेको छ । उक्त ४ सिटका लागि निर्वाचन आयोगमा सिफारिस गर्नुपर्ने नाम श्रम संस्कृति पार्टीले टुंग्याएको छ ।
प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ सिट जितेको हो ।
सो पार्टीका अनुसार समानुपातक तर्फका लागि आदिवासी महिलाबाट मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बू नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको छ ।








































