एमालेले टुंग्यायो समानुपातिकतर्फ चयन हुने सांसदको नाम (नामावलीसहित)

0

काठमाडौं । नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नाम टुंग्याएको छ ।

गुण्डीस्थित ओली निवासमा शनिबार बसेको सचिवालय बैठकले समानुपातिक निर्वाचनतर्फ निर्वाचित हुने १६ जना सांसदको नाम टुंगो लगाएको हो ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एमालेले १६ सिट जितेको छ । सोही सिटका लागि निर्वाचन आयोगमा सिफारिस गर्नुपर्ने १६ सांसदको नाम टुंगो लगाएको हो । बैठकको निर्णयअनुसार अब एमालेले आयोगमा नाम सिफारिस गर्नेछ ।

यी हुन् समानुपातिक तर्फका १६ सांसदको नाम :

जनजाति

महिला 

–भूमिका सुब्बा

–गंगादेवी श्रेष्ठ

पुरुष 

–रामबहादुर थापा मगर

–कुलभक्त शाक्य

खस आर्य

महिला 

–पद्मा अर्याल

–टुकाभद्रा हमाल

–यशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष 

–गुरु प्रसाद बराल

–पुष्पराज कंडेल

थारु

–कृपाराम राणा (पुरुष)

दलित

महिला 

–विष्णुमाया विक

–नीता घतानी

मधेसी

महिला

–रिङ्ला यादव

–यशोधा कुमारी यादव

पुरुष 

–चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला 

–साजिदा सिद्दीकी