सासूसँग बुहारी पराजित

361

इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई पराजित गरेकी छिन् ।

एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् ।

एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२ वर्षीया सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी २८ वर्षीया कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन् ।

सासूले ३६१ मत ल्याउँदा बुहारी ३७ मतले पराजित भइन् ।