काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा साउन १४ गते (३० जुलाई २०२६) आएको हिमपहिरोमा परी विश्वविख्यात नेपाली आरोहीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएक छन ।
घटनापछि बेपत्ता आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल र समन्वय गर्न सम्बन्धित सबै सरोकारवाला निकायलाई अनुरोध गरिएको छ।
प्राप्त जानकारी अनुसार बेपत्ता भएका नेपाली आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको जनाइएको छ। साथै, सम्बन्धित सबै पक्षलाई उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरिएको छ।
बेपत्ता भएका नेपाली आरोहीहरू :
- पुरबहादुर गुरुङ ‘युक्ता’ (Pur Bahadur Gurung “Yukta”)
- किली पेम्बा शेर्पा ‘किलु’ (Kili Pemba Sherpa “Kilu”)
- निमा शेर्पा (Nima Sherpa)
- नवाङ थिन्दु शेर्पा (Nawang Thindu Sherpa)
- ग्यालु शेर्पा (Gyalu Sherpa)
- निर्मल पुर्जा ‘निम्स दाइ’ (Nirmal Purja “Nims Dai”)

पर्वतारोहीहरूको खोजीकार्य भई रहेको पाकिस्तानी संचारमाध्यमहरूले जनाएका छन ।









































