जिल्लास्तरीय प्रधानाध्यापक गोष्ठी सम्पन्न

689
 
भक्तपुर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरद्धारा जिल्ला जुनियर समितिको आयोजनामा सञ्चालित १ दिने जिल्लास्तरीय प्रधानाध्यापक गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा जिल्लाभित्रका २४ वटा विद्यालयका प्रधानाध्यापक, जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, जुनियररयुवा समितिका सदस्यहरु र कर्मचारीहरु गरी ३७ जनाको सहभागिता रहेको थियो ।
गोष्ठीको उद्घाटन भक्तपुर जिल्लाका जिल्ला शिक्षा अधिकारी अर्जुन बहादुर रायमाझीले पानसमा द्वीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्ध्घाटन पश्चात् आफ्नो मन्तव्य ब्यक्त गर्नुहुदै उहाँले विद्यार्थीहरुलाई जुनियर रेडक्रस सर्कलमा आवद्ध गराउनाले मानवीय सेवाका गतिविधिहरुमा अगाडी बढाउन सहयोगी हुने बताउनुभयो ।
उहाँले भक्तपुर रेडक्रसद्धारा सञ्चालन गरिने मानवीय सेवाका गतिविधिहरुमा जिल्ला शिक्षा कार्यालय तथा विद्यालयको तर्फबाट सदैव सक्दो सहयोग र सहभागिता जनाउने कुरा बताउनुभयो ।
गोष्ठीका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य, केन्द्रीय विपद् तथा संकट ब्यवस्थापन समितिका सभापति एवं भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जुनियर÷युवा भनेको रेडक्रसका मेरुदण्ड भएकोले रेडक्रसमा जुनियर युवाको सहभागितालाई बढाउनको लागि विभिन्न विद्यालय, उच्च मा.वि, क्याम्पस तथा समुदायमा जुनियर र युवा रेडक्रस सर्कल गठन गरिएको कुरा बताउनुभयो ।
जुनियररयुवा रेडक्रस सर्कलमा संरक्षकको हैसियतले प्रधानाध्यापकहरुको पनि विशेष भूमिका रहने भएकोले नेपाल रेडक्रस सोसाइटीद्वारा परिमार्जित जुनियररयुवा निर्देशिकाको बारेमा अभिमुखिकरण गराउन गोष्ठीको आयोजना गरिएको उहाँले बताउनुभयो । जिल्ला जुनियर समितिका संयोजक श्री जनक प्रसाद न्यौपानेको सभापतित्वमा सञ्चालन भएको उद्घाटन सत्रमा शाखाका मन्त्री परशुराम पाण्डे, कोषाध्यक्ष प्रदिप कुमार के.सी, ने.रे.सो, केन्द्रीय जुनियर÷युवा विभागका उप निर्देशक बालकृष्ण सेढाइँलगायतले जुनियर युवाको महत्वको बारेमा प्रकाश पार्नुभएकोे थियो । उद्घाटन कार्यक्रमपश्चात् सहभागीहरुलाई रेडक्रस अभियान, नेपाल रेडक्रस, भक्तपुर रेडक्रसद्धारा सञ्चालित गतिविधिहरु, जुनियर युवा कार्यप्राणाली निर्देशिका, जुनियर तथा युवा रेडक्रस सर्कलले संचालन गर्नुपर्ने न्यूनतम गतिविधिहरु, संरक्षकको दायित्वहरु, बैधानिक दायित्वहरु, उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम र भूकम्प प्रतिकार्य कार्यक्रमका गतिविधिहरुका बारे प्रस्तुतिकरण गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा जिल्ला शाखाका मन्त्री परशुराम पाण्डे, जुनियर तथा युवा समितिका संयोजक जनकप्रसाद न्यौपने, जुनियर÷युवा विभागका उप निर्देशक बालकृष्ण सेढाइ, उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमका जिल्ला संयोजक दिनेश थापा र भूकम्प प्रतिकार्य कर्यक्रमका जिल्ला संयोजक हरि प्रसाद सापकोटा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला शाखाकी कार्यालय प्रमुख रञ्जना कार्कीले गर्नुभएको थियो ।